बारा । सरकारले बाराका हावाहुरी पीडितका लागि टहरा बनाउन शुरु गरेको छ ।
हुरीबाट सबैभन्दा बढी प्रभावित बाराका भुलही,भरवलिया र पुरैनिया तिनैवटा निकायका सुरक्षाकर्मीले टहरा बनाउन लागेका हुन्।
मंगलबार उनीहरूले रेडक्रसको टोलीसँगै सरसफाइको काम पनि गरिरहेका छन्। अहिले त्यस ठाँउमा नेपाल रेडक्रसले पठाएको १ सय ५० पाल पुगिसकेको छ भने गृह मन्त्रालयले पठाएको ३ सय पाल पुग्ने क्रममा रहेको श्रोतले जनाएको छ ।
नेपाली सेनाले पनि ३ सय भन्दा बढी पाल त्यसतर्फ पठाइसकेको छ। नेपाली सेनाले बिरामीका लागि रगत संकलनदेखि खानेकुरा बाँड्नेसम्मको काम पनि गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया