काठमाडौं । दशैंतिहारपछि देखिएको तरलताको समस्या पुनः देखिन सक्ने सम्भावना बढेको छ ।
निक्षेपको तुलनामा कर्जा अधिकतम लगानी हुँदा तरलता हुने सम्भावना बढेको हो । दशैं अघि कर्जा विस्तारमा आक्रामक देखिएका बैंकहरु पुनः कर्जा विस्तारमा आक्रामक देखिएका छन् । पछिल्लो तथ्यांक अनुसार निक्षेप ९ दशमलव ५ प्रतिशतले बढ्दा कर्जा १५ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ‘सीसीडी रेसियो’ ८० प्रतिशत भन्दा कम राख्नु पर्ने व्यवस्था गरेको छ । तर, लगानी योग्य रकमको अभाव हुँदा आधादर्जन बैंकको सीसीडी ८० प्रतिशत नाघिसकेको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठका अनुसार बैंकहरुमा अहिले पनि पर्याप्त तरलता नभएको जानकारी दिए । श्रेष्ठले अहिले ६ वटा वाणिज्य बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशत नाघेको बताए ।
उनले भने, ‘सरकारी ढुकुटीमा खर्च हुन नसकेको रकम यतिबेला १ सय ७७ अर्ब रहेको छ, यो रकम खर्च हुनसके तरलताको समस्या समाधान हुन्छु ।’ बैंक तथा वित्तीय संस्थाहरुमा पछिल्ला केहि वर्ष यता वर्षेनी तरलताको समस्या उत्पन्न हुँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया