काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल एग्रो लघुवित्तलाई ‘आईपिओ’ निष्काशन गर्ने अनुमति दिएको छ ।
बोर्डले लघुवित्तलाई १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।
लघुवित्तले ४ करोड ९७ लाख रुपैयाँ बराबरको ३२ दशमबल ५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो । त्यस्तै घोडाघाडी लघुवित्त र शिवश्री हाइड्रोपावरले पनि ‘आईपिओ’ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया