काठमाडाैं । साउथ एसिया उसु अन्तराष्ट्रिय कराँते प्रतियोगिता २०२३ मा नेपालका ७ खेलाडीले स्वर्ण पदक हात पारेका छन् । भारतको कल्कत्तामा मंसिर १५ देखी १७ सम्म आयोजना भएको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा बंगलादेश, भारत, नेपाल, अफगानिस्तान, पाकिस्तान, भुटान लगायतका देशका खेलाडीहरुको सहभागिता रहेको थियो ।
कुमुते फाइटमा नेपालका प्रशान्त कुलुङ, सञ्जय महतरा, वसन्त मगर, यूनिका लिम्बु, पेमा लामा, सञ्जय बडिकर र बिनिता थिङले स्वर्ण पदक हात पारेका छन् । त्यस्तै सुरेस कुमार तामाङले सिल्भर मेडल हात पारेका छन् ।
यसैगरी काटामा पनि सुरेस कुमार तामाङले ब्राउन्ज, प्रशान्त कुलुङले स्वर्ण, सञ्जय महतराले सिल्भर, वसन्त मगरले स्वर्ण, यूनिका लिम्बुले ब्राउन्ज, पेमा लामाले ब्राउन्ज सञ्जय बडिकरले स्वर्ण र बिनिता थिङले ब्राउन्ज मेडल हात पारेका छन् ।
सानै उमेरमा देशका लागि पदक जितेका खेलाडीहरुलाई सरकारले प्राथमिकतामा राखे भोलिका दिनमा उनीहरुले देशको नाम राख्ने प्रशिक्षक इश्वर लामाले लोकपथसँग बताए ।
त्यस्तै, नेपाली सोतोकान टोलीका अर्का प्रशिक्षक राम विष्ट खेलाडीहरुको खेलबाट आफू खुशीरहेको बताउछन् । ‘सिमित श्रोत साधनबाट त यती धेरै सफलता हात पार्न सफल भयौँ । आगामी दिनहरुमा अझै राम्रो गर्ने छौँ ।’ प्रशिक्षक विष्टले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया