धर्मले बोस्टन म्याराथनमा दौड्ने

काठमाडौं । धावक धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन् । 

फुल म्याराथनको ४५ वर्षमाथि उमेरसमूहमा धर्मले नेपालको प्रतिनिधित्न गर्न लागेका हुन् । उनीसँगै प्रशिक्षकका रुपमा दक्षिण एशियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर पनि बोस्टन प्रस्थान गरेका छन् । 

उनीहरुलाई डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ र गायक बुद्धवीर लामाले मंगलवार एक कार्यक्रमबीच बिदाइ गरे । खेलाडीहरु मंगलवारै बोस्टन प्रस्थान गरेको छ ।

बोस्टन म्याराथन विश्वकै पुरानो म्याराथन मानिन्छ । अहिले हुन लागेको म्याराथन १२३ औं संस्करण हो । बोस्टन म्याराथन बैशाख २ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?