शेयर बजार : दोहोरो अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा मंगलवार शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलब ७२ बिन्दुले बढेर एक हजार १६३ दशमलब 
 ४७ बिन्दुमा पुगेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलब ३४ बिन्दुले बढेर २४८ दशमलब १५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढ्दा कारोवार रकममा समेत वृद्धि भएको छ ।

कूल १ सय ६९ कम्पनीका १८ लाख ९३ हजार १ सय २० कित्ता शेयर ५० करोड आठ लाख ८१ हजार ७ सय ३८ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये मंगलवार दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ । 

जलविद्युत् ३ दशमलब ४८ र निर्जीवन बीमा ६ दशमलब  ७६ बिन्दुले घट्दा बैंकिङ १९ दशमलब ६७, होटल २० दशमलब ०१, विकास बैंक ३ दशमलब ६१, वित्त १ दशमलब ६१, उत्पादन ८ दशमलब ७३, अन्य ५ दशमलब ६१, लघुवित्त २ दशमलब २१ र जीवन बीमा ३८ दशमलब ८६ बिन्दुले बढेको छ । 

कारोवार रकमका आधारमा मंगलवार नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक चार करोड २५ हजार ३ सय ७० मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा छ । त्य

स्तै एनआइसी एशिया बैंकको  तीन करोड ७६ लाख ८४ हजार ४ सय ७१, एनएमबी बैंक दुई करोड ७१ लाख ५९ हजार १ सय ९२, नेपाल बङ्गलादेश बैंक दुई करोड २७ लाख ७५ हजार २ सय २०, प्रभु बैंक दुई करोड ६ लाख ७८ हजार ३ सय ३०, प्राइम बैंक एक करोड ६३ लाख ६९ हजार ८ सय ४७, एभरेष्ट बैंक एक करोड ६२ लाख ११ हजार ३ सय ३५ र सिटिजन बैंक एक करोड ५४ लाख ७५ हजार २ सय ६२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । 
    
स्टकका अनुसार भागर्व विकास बैंकका शेयरधनीले ९ दशमलब ४० प्रतिशतले कमाएका छन् । त्यस्तै लक्ष्मी इक्विटी फण्ड ५ दशमलब ८९, एनएमबी हाइड्रो फण्ड ५, पोरखा फाइनान्स ४ दशमलब ६५, जानकी फाइनान्स ४ दशमलब २७ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ दशमलब ९२ प्रतिशतले कमाएका छन् ।

युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ दशमलब ५८, कञ्चन डेभलपमेन्ट बैंक ५ दशमलब ६६, अरुण काबेली पावर लिमिटेड ४ दशमलब ३४, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४ दशमलब ०१ र युनाइटेड फाइनान्सले २ दशमलब ९८ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?