इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

लोकपथ
77
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । विहीबार राति भएको खेलमा एभर्टनले न्यूक्यासल युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनले जित निकाल्दा अन्तिम समयमा ३ गोल गरेको थियो । खेलको ७९ औँ मिनेटमा भएर्टनका लागि डिवेट म्याकनेलले गोल गर्दै खाता खेलेका थिए । ८६ औँ मिनेटमा अब्दुला डोकुरेले म्यानेलको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यस्तै, दोस्रो हाफको अतिरिक्त समयमा नोर्बेटो बेटुले गोल गरेपछि एभर्टन ३–० को सहज जित निकाल्दै ३ अंक लिन सफल भयो । जितपछि एभर्टन रेलिगेशन जोनबाट बाहिर निस्किएको छ भने पराजित भएको न्यू क्यासल युनाइटेड सातौं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा वेस्टह्याम युनाइटेडले टोटनह्याम हटस्परमाथि २–१ गोलको पुनरागमन जित दर्ता गरेको छ ।
११ औं मिनेटमा क्रिष्टियन रोमेरोले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा जारोड विओइनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पछि ७४ औँ मिनेटमा जेम्स वार्डले गोल गरेपछि वेस्टह्याम युनाइटेड २–१ को जित निकाल्न सफल भयो । जितपछि वेस्टह्याम २४ अंकका साथ तालिकाको नवौं र पराजित भएको टोटनह्याम पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?