काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा पाकिस्तानले टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको हो । खेल नेपाली समय सवा ११ बजे सुरू हुनेछ ।
पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने युएई, जापान, श्रीलंका र बंगलादेश समूह ‘बी’मा छन् ।
एसिया कपलाई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेलको तयारीको रूपमा पनि हेरिएको छ । अहिले सहभागी टिममध्ये यूएई र जापानबाहेकका सबै टोलीले विश्वकप खेल्नेछन् ।
विश्वकपमा नेपालको समूह ‘डी’मा छ, जहाँ न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया