नेपालको पहिलो विकेट पतन

लोकपथ
3.5k
Shares

काठमाडौं । एसीसी यू—१९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । दुबईमा जारी खेलमा पहिलो विकेटको रुपमा नेपालका तिलक भण्डारी आउट भएका हुन् ।

तिलकले ९ बलमा सात रन बनाएर आउट भए । २.२ ओभरमा नेपालले १ विकेट गुमाएर १० रन जोडेको छ ।

पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने युएई, जापान, श्रीलंका र बंगलादेश समूह ‘बी’मा छन् ।

एसिया कपलाई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेलको तयारीको रूपमा पनि हेरिएको छ । अहिले सहभागी टिममध्ये यूएई र जापानबाहेकका सबै टोलीले विश्वकप खेल्नेछन् ।

विश्वकपमा नेपालको समूह ‘डी’मा छ, जहाँ न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?