एजेन्सी । फुलह्याम जारी इंग्लिस प्रिमियर लिगबाट घटुवा भएको छ ।
मंगलवार राति सम्पन्न भएको ३३ औँ चरणको खेलमा लिगको आठौँ स्थानमा रहेको वाटफोर्डसँग ४-१ गोल अन्तरले पराजित हुँदै ‘ए’ डिभिजनबाट ‘बी’ डिभिजनमा झरेको हो ।
वाट्फोर्डको जीतमा डौउकौर, विल ह्युज, ट्रोए डेनी र किको फेमिनियाले समान एक-एक गोल गरेका थिए । यता फुलह्यामका लागि रायन बाबेलले एक मात्र गोल फर्काएका थिए । प्रिमियरबाट घटुवा भएको फुलह्यामले अर्को सिजनमा च्याम्पियसिप फुटबल खेल्नेछ ।
फुलह्यामले ३३ खेलबाट मात्र १७ अं जोडेको छ । यसअघि हडर्सफिल्ड पनि रेलिगेसनमा परिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया