नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

लोकपथ
903
Shares

काठमाडौं । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको हो ।

नेपालका लागि उत्तम रंगु थापामगरले सर्वाधिक ५१ रन बनाए । दिपेश कँडेलले पनि ३१ रन जोडे । अर्जुन कुमालले २१ रन बनाए ।

पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने युएई, जापान, श्रीलंका र बंगलादेश समूह ‘बी’मा छन् ।

एसिया कपलाई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेलको तयारीको रूपमा पनि हेरिएको छ । अहिले सहभागी टिममध्ये यूएई र जापानबाहेकका सबै टोलीले विश्वकप खेल्नेछन् ।

विश्वकपमा नेपालको समूह ‘डी’मा छ, जहाँ न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?