नेपाललाई सफलता : पाकिस्तानको दोस्रो विकेट पतन

लोकपथ
2.9k
Shares

काठमाडौं । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानको दोस्रो विकेट पतन भएको छ । नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो विकेटका रुपमा सहजिब खानलाई गुमाएको हो ।

गुल्सन झाले नै सहजिब खानको विकेट लिएका हुन् । उनले सहजिब खानलाई दिपेश कँडेलद्वारा क्याच गराएका हुन् । खानले २९ बलमा १५ रन बनाए । पाकिस्तानले ६.४ ओभरमा २ विकेट गुमाउदैँ २३ रन बनाएको छ । यसअघि नेपालले पहिलो ओभरमा नै पहिलो विकेट लिएको थियो । गुल्शन झाले पाकिस्तानका ओपनर सामिल हुसेनलाई पहिलो ओभरमं आउट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?