सेञ्चुरी बैंकले बोलायो साधारण सभा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आठौँँ वार्षिक साधारण सभाको लागि बोलाएको छ।

बैंकले शेयर बोकर सम्बन्धी गर्ने तथा मर्जर वा एक्विजिशनमा जाने विशेष प्रस्ताव सहित आठौँ वार्षिक साधारण सभाको लागि बोलाएको हो ।  

बैंकको गत चैतको १९ गते बसेको सञ्चालक समितिको ८३ औँ बैठकले आगामी बैशाख १२ गते साधारण सभाको लागि बोलाएको हो । साधारण सभामा बैंकले सहायक कम्पनीमार्फत धितोपत्र व्यवसायी समबन्धी कार्य गर्ने व्यवस्था गर्न बैंकको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

त्यस्तै बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्न तथा गाभिन, स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायत काम गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ। 

त्यस्तै आर्थिक वर्ष २०७४-७५ सम्म कायम चुक्ता पूँजी ८ अर्ब २५ करोड रुपैयाँको १६ करोड ५० लाख रुपैयाँ अर्थात २ प्रतिशत बोनस र ३७ करोड १२ लाख रुपैयाँ अर्थात ४ दशमलब ५० प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?