गाजामा भोकमरी बढ्दै

लोकपथ
0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले युद्धग्रस्त गाजाका ३६ प्रतिशत परिवार अहिले गम्भीर भोकमरीको सामना गरिरहेको बताएको छ ।

गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राका अनुसार गाजा पट्टीमा अब कोही जान सक्ने कुनै सुरक्षित स्थान बाँकी छैन ।संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारी र डब्ल्यूएफपीका उपनिर्देशक कार्ल स्काउले गाजाको आधा जनसंख्या त्यहाँ लडाइँ जारी रहेकाले भोकले मरिरहेको चेतावनी दिएका छन् ।

स्काउले अत्यावश्यक आपूर्तिको एक अंश मात्र गाजा पट्टीमा प्रवेश गर्न सक्छ । १० मध्ये नौ जनाले दैनिक खाना पाउन नसकेको बताए ।
अक्टोबर ७ देखि गाजा भित्र र बाहिर आवतजावतमा प्रतिबन्ध लगाइएको छ ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको जवाफी कारबाहीका कारण गाजामा करिब १८ हजार मानिसको मृत्यु भएको जनाएको छ ।

जसमध्ये सात हजारभन्दा बढी बालबालिका छन् । गाजाको अल–नासर अस्पतालको आईसीयू वार्डमा अस्पतालको ओछ्यानमा शिशुहरूको विकृत शव भेटिएको दाबी पनि गरिएको छ ।

तीन शिशुहरूलाई अस्पतालको मेसिनमा जोडिएको थियो र शवको छेउमा डायपर र दूधका बोतलहरू भेटिएका थिए ।गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो लगाएको एक दिनपछि यो अवस्था सार्वजनिक भएको हो ।

उता, इजरायलले हमासलाई हटाउन र इजरायली बन्धकहरूलाई घर फर्काउन गाजामा हवाई आक्रमण जारी राख्नुपर्ने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?