काठमाडौं । जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बार्यन म्युनिखले लज्जास्पद हार व्यहोरेको छ । हारका कारण बार्यन शीर्ष स्थानमा उक्लन पनि असफल भयो । शनिबार राति भएको खेमाल बार्यन इन्ट्रान्च फ्रयाङ्कफर्टसँग ५–१ गोलको हार व्यहोर्न बाध्य बन्यो ।
फ्रयाङ्कफर्टको जितमा एरिक जुनियर डिना एबिम्बेले २ गोल गरेका थिए भने ओमार मारमोउस, हुगो लार्सन र अन्सगर नाउफले एक एक गोल गरेका थिए । त्यसैगरी बायर्न म्युनिखका लागि एक गोल जोशुआ किमिचले गरेका थिए ।
१२ औं मिनेटमा ओमार मारमोउसले गोल गर्दै फ्रयाङ्कफर्टलाई अग्रता दिलाए । एरिक जुनियर डिना एबिम्बेले ३१ औं मिनेटमा गोल गरेपछि अग्रता दोब्बर भएको थियो ।
३६ औं मिनेटमा हुगो लार्सनले गोल गर्दै फ्रयाङ्कफर्टलाई ३–० ले अघि बढाएका थिए । ४४ औं मिनेटमा बार्यनका जोशुआ किमिचले गोल गरेपछि पहिलो हाफको खेल ३–१ को अवस्थामा पुगेको थियो ।
५० औं मिनेटमा एबिम्बेले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रयाङ्कफर्ट ४–१ ले अघि बढेको थियो भने अन्सगर नाउफले ६० औं मिनेटमा गोल गर्दै ५–१ को फराकिलो जित दिलाए ।जितपछि फ्रयाङ्कफर्टको १४ खेलबाट २१ अंक भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया