काठमाडौं । सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई पछि पारेका छन् ।
राष्ट्रिय सर्वेक्षणमा डोनाल्ड ट्रम्प ४७ प्रतिशत मानिसको पहिलो रोजाइको रूपमा उभिएका छन् । जबकि ४३ प्रतिशतले जो बाइडेनलाई आफ्नो रोजाइ भएको बताएका छन् । यसरी ट्रम्पले बाइडेनमाथि चार प्रतिशतको अग्रता लिएका छन् । सर्वेक्षणमा ट्रम्पले बाइडेनमाथि प्रत्यक्ष अग्रता लिएको यो पहिलो पटक हो ।
वाल स्ट्रीट जर्नलले यो सर्वेक्षणको रिपोर्टमा जो बाइडेनको अनुमोदन रेटिङ तल्लो तहमा पुगेको छ । डेमोक्र्याटिक पार्टी भित्र पनि जो बाइडेनलाई दोस्रो कार्यकाल दिने विषयमा मतभेद देखा पर्न थालेको छ । तर, जो बाइडेनले भने दोस्रो कार्यकालका आगि आफूले आगामी वर्ष हुने निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् ।
तर, ८० वर्षबाट उकाली लाग्दो उमेर अनि छोरा हन्टर बाइडेनमाथि कर मामिलामा लागेको आरोपले बाइडेनमाथि चुनौतिका पहाड थपिरहेका छन् ।
लगातार बढ्दै ट्रम्पको लोकप्रियता
यता ट्रम्पको भने पछिल्लो समय लोकप्रियता बढिरहेको जर्नलको रिपोर्टमा उल्लेख छ । धेरैजसो विवाद र चर्चामा आएका ट्रम्पले थुप्रै मुद्दा खेपिरहेका छन् । तैपनि उनको लोकप्रियता बढिरहेको जर्नलनमा प्रकाशित रिपोर्टले देखाउँछ ।
त्यसैले आगामी वर्ष २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचन निकै रोचक हुने संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया