नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राको एक्सयूभी शोरुम अब धनगढीमा पनि

लोकपथ
42
Shares

काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले हालै धनगढी, कैलाली, नेपालमा १० डिसेम्बर,२०२३, आइतबार एसयूभीलाई वास्तविकतामा परिणत गर्दै भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरु –स्कर्पियो एन,एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ ।

लगालग काठमाडौंमा, इटहरी, जनकपुरधाम, चितवन लगायतका ठाउँहरुमास्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीय स्तरमा धनगढीमा पनि उद्घाटन गरिएको हो ।

नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभी शोरुमको उद्घाटनमामाननीय मन्त्री प्रकाश बहादुर देउवा, अग्नि ग्रुपका कार्यकारी निर्देशक श्री अर्जुन प्रसाद शर्मा र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड श्री चैतन्य कगलकर र धनगढी, कैलालीका आधिकारिक डिलर ठाकुर मोर्टसकासञ्चालक श्री हरिशङ्कर ठाकुर लगायत स्थानीय सरकारी तथा निजी प्रतिनिधिहरुका उपस्थिितीमा भएको थियो।

उद्घाटन कार्यव्रmममा अग्नि ग्रुपका कार्यकारी निर्देशक श्री अर्जुन प्रसाद शर्माका अनुसार, “ धनगढी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम स्थापना गरिएको हो र यस क्षेत्रमा नयाँ आधिकारिक महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा उपोभोक्तालाइ्र्र अधिक्त्तम लाभ प्राप्त गर्ने विश्वास लिइएको छ । शक्तिशाली इन्जिन, उन्नत सुविधाहरू र स्टाइलिश डिजाइनको साथ, एक्सयूभी ७०० र एक्सयूभी ३०० ले नेपाली ग्राहकहरूलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने वाचा गर्दछ र उत्कृष्ट र गुणस्तरीय बिक्री सेवा, सर्भिस र वास्तविक स्पेयर पार्ट्सहरू प्रदान गर्ने छ ।”

यस क्षेत्रमा नयाँ ट्विन पिक्स शोरुम स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई थप मजबुत बनाउन र विद्यमान तथा नयाँ उद्यमीलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ ।

यसको आधारभूत सिद्धान्तको रूपमा ग्राहक सन्तुष्टिको वरिपरि केन्द्रित, महिन्द्राको ट्विन पीक शोरूमले वरपरका क्षेत्रमा बसोबास गर्ने ग्राहकहरूको अनुभवलाई अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

यसरी ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाइ पक्कै पनिधनगढी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?