एजेन्सी । उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी जारी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधवार राति सम्पन्न भएको ३२ औँ चरणको खेलमा म्यान्चेस्टर सिटीले रेलिगेसनमा रहेको कार्डिफ सिटीलाई २-० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा पुनः उक्लिएको हो । सिटीका लागि खेल शुरु भएको ६ मिनेटमा नै केभिन डी ब्रयनले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
एक पक्षिय रहेको खेलको ४४ औँ मिनेटमा लोरी सानेले गोल गर्दै खेललाई २-० को स्थितीमा पु-याए ।
खेलको पहिलो हाफसम्म २ गोलले अगाडि रहेको सिटीले दोस्रो हाफमा थप गोल गर्न सकेन । निर्धारित समयसम्म कार्डिफ सिटीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० गोलको हार बेहो-र्यो ।
यो जीतपछि म्यान्चेस्टर सिटीले ८० अंक बनाएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको लिभरपुलको ७९ अंक छ ।
त्यस्तै बुधवार राति नै भएको अर्को खेलमा लिगको तेस्रो स्थानमा रहेको टोट्नह्यामले १३ औँ स्थानमा रहेको क्रिस्टल प्यालेसलाई २-० ले पराजित ग-यो । टोट्नह्यामको जीतमा सन ह्युङग मिन र एरिकसनले समान एक-एक गोल गरेका थिए । जीतपछि टोट्नह्यामले ६४ अंक बनाएको छ ।
यता लिगको पाँचौ स्थानमा रहेको चेल्सीले ब्राइटटनलाई ३-० गोल अन्तरले पराजित ग-र्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया