एजेन्सी । पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति सम्पन्न भएको सेमिफाइनल खेलमा ‘पएिसजी’ले नान्टेसलाई ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो । खेलको २९ औँ मिनेटमा पीएसजीका लागि मर्को भेराट्टीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
पहिलो हाफसम्म एक गोलको अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप दुई गोल थप्यो । खेलको ८५ औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमार्फत पीएजीका लागि दोस्रो गोल गरे ।
एक पक्षिय रहेको खेलको इन्जुरी समयमा डानी अल्भेसले गोलगरेपछि नान्टेस स्तब्ध बनेको थियो । ७२ औँ मिनेटमा कालिफा काउलीबालीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नान्टेस १० खेलाडीमा सिमित बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया