ला लिगा फुटबलमा रियल म्याड्रिड पराजित

एजेन्सी । जारी स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड पराजित भएको छ । 

बुधवार राति सम्पन्न भएको खेलमा रियल म्याड्रिड भ्यालेन्सियासँग २-१ गोल अन्तरले पराजित भएको हो  । भ्यालेन्सियाको जीतमा गोन्कालो गुएडेस र इजीकुयलले समान एक-एक गोल गरेका थिए ।  

यता रियल म्याड्रिडका लागि करिम बेन्जिमाले एक मात्र गोल फर्काएका थिए । जिनेदान जिदानले प्रशिक्षणमा रहेको रियल म्याड्रिडले जारी लिगमा पहिलो हार व्यहोरेको हो । पराजित रियल म्याड्रिडले ३० खेलबाट ५७ अंकसहित लिगको तेस्रो स्थानमा छ ।

त्यस्तै भ्यालेन्सियाको ४६ अंक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?