सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं । सिभिल बैंकले भाटभटेनी मनी ट्रान्सफरसँग कारोबार गर्ने सम्झौता गरेको छ । 

बैंकले मनी ट्रान्सफरसँग चैत २० गते विप्रेषण कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षार गरेको हो । 

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका थिए । यो सम्झौताअनुसार भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ वटै शाखाहरुबाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?