मानव बेचबिखन गरेको अभियोगमा एक महिला पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । मानव बेचबिखन गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा धार्चे गाउँपालिका–४ बस्ने २७ वर्षीय कबिता गुरूङलाई काठमाडौंबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनले थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जना पीडितहरुलाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनीयाँ कम्पनीमा पुर्‍याई बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रलोभन पारी पीडितहरुबाट जनही २ लाख ६० हजार रुपैयाँका दरले पैसा लिई म्यान्मार पठाएको, थाईल्याण्ड भन्दै झुक्याई म्यानमारको म्यावडी पु-याएर अमेरिकी नागरिकलाई निश्चित अवधिमा अनलाइनमार्फत बिटकोइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने र तार्गेट पूरा गर्न नसकेमा कुटपिट गर्ने, इलेकट्रिक सक लगाउने जस्ता शारिरीक मानसिक यातना दिने गरेको तथा ९ महिनापछि नेपाल फर्कन म्यानमारस्थित कम्पनीलाई ८ लाख रुपैयाँ तिर्न बाध्य बनाएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?