आहा ! मनाङको सौन्दर्य (फोटोफिचर)

काठमाडौं । हिमालपारिको जिल्ला मनाङ आन्तरिक र बाह्य पर्यटकीय सम्भावना बोकेको गन्तव्य स्थल हो । अन्य जिल्लाभन्दा मनाङ, प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ । यहाँ पर्यटकहरुले अन्य पदमार्गको तुुलनामा भिन्न अनुभूति गर्दछन् ।

तिलिचो, गंगापूर्ण हिमाल लगायतका अग्ला हिम श्रृंखला साथै विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल लगायतका पर्यटकीयस्थलहरु यहि पदमार्गमा पर्दछ । मनाङ जिल्लाको मनाङ गाउँबाट दुई दिनमा तिलिचो ताल पुग्न सकिन्छ ।

मनाङमा हेर्ने हिमाल, हिमाली हावापानी, वातावरण, हिमाली वन्यजन्तु र मनमोहक वातावरण हो । दन्त लहरझैं फैलिएका हिमाल,  स्थानीय रहनसहन, मर्स्याङ्दी नदीको सुसाईले  मन लोभ्याउने गरेको छ । 

हरेक पटक फोटो सुटका लागि क्यामेरा तयार गरिन्छ  तर दृश्य भने मनले खिचेर मानसपटलमा सेभ गरिदिन्छ। मस्तिष्कमा भएका तस्वीर सेयर गर्न नमिल्ने भएका कारण  क्यामेरामा  ती दृश्यलाई सकेसम्म उतार्ने प्रयास गरिँदै आइएको छ । तस्वीरमा हेर्नुहोस् मनाङको  सुन्दरता : 

 तस्वीर: सरोज सिम्खडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?