फिफा वरियतामा नेपाल १६१ औँ स्थानमा यथावत्

काठमाडौं । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ‘फिफा’ वरियतामा नेपाल यथावत् स्थानमा रहेको छ । 

फिफाले आज ‘बिहीवार’ सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १ सय ६१ औँ स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १ सय ६१ औँ स्थानमा थियो ।
 
दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १ सय १औँ र माल्दिभ्स १ सय ५१ औँ स्थानमा छन् । नेपाल भन्दा तल रहेको भूटान १ सय ८६ औँ, बङ्गलादेश १ सय ८८औँ, पाकिस्तान २ सयौं र श्रीलङ्का २ सय २ स्थानमा छन् ।
 
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, क्रोएसिया पाँचौँ, उरुग्वे छैटौँ, पोर्चुगल सातौँ, स्विटजरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दर्शौँ स्थानमा रहन सफल भएका छ्न ।

फिफाले सदस्य मुलुकहरुले खेलेको अन्तर्राष्ट्रिय खेलहरुका आधारमा प्रत्येक महिना वरियता सार्वजनिक गर्ने गर्दछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?