काठमाडौं । एनआईसी एशिया बैंकले १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा सो बचत निक्षेप योजनाहरु बिहीवार सार्वजनिक गरेको हो । बैंकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा सहित २२ वटा विशेष १५ नयाँ निक्षेप योजना सार्वजनिक गरेको हो।
एनआईसी बैंकका अनुसार निक्षेप योजनामा ग्राहकहरुले १५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा,१८ घातक रोगहरु लागेमा १५ लाखसम्मको बीमा सुविधा तथा एक लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा प्राप्त हुने जनाएको छ।
बैंकले कर्जामा विशेष छुट र सहुलियत प्रदान गर्ने गरी २२ वटा विशेष योजनाहरु ल्याएको हो । बचत निक्षेप खाता बैंकको मुलुकभरी रहेको २ सय ८१ वटै शाखा कार्यालयहरु र अनलाइनबाट खाता खोल्न सकिने बैंकले जनाएको छ।
बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा स्वीप इन र स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्धती खाताकै सुविधाहरु पाइनेछ ।
बैंकले देशभरका २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया