जिमीनेज उल्भ्समा सर्वाधिक महंगो मुल्यमा अनुबन्धित

एजेन्सी । इंग्लिस क्लब उल्भ्सले राउल जिमीनेजलाई क्लबमा भित्र्याएका छन् । 

उल्भ्सले पोर्चुगिस क्लब बेन्फिकाका स्ट्राइकर जिमीनेजलाई ३० मिलियन पाउण्डमा क्लबमा आवद्ध गरेका हुन् । लोनमा बेन्फिकाबाट भित्र्याएका उनलाई बिहीवार क्लबमा भित्र्याएका हुन् । 
२७ वर्षे मेक्सिकन खेलाडी जिमीनेज यो सिजनमा उल्भ्सबाट ३७ खेल खेल्दै १५ गोल गरिसकेका छन् ।

उनले उल्भ्सलाई जारी इंग्लिस प्रिमियर लिगको सातौं स्थानमा पु-याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । जिमिनेजलाई क्लबमा ल्याउन अहिलेसम्मकै सबैभन्दा महंगो रकम तिरेको उल्भ्स क्लबले जनाएको छ । यसअघि २०१८ अगस्टमा एडामा टाउरेलाई १८ मिलियन पाउण्डमा क्लबमा भित्र्याएका थिए । 

अब आउँदो आइतवार एफए कप फुटबलको सेमिफाइनल खेलमा उल्भ्सले वाटफोर्ड सिटीका सामना पनि गर्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?