काठमाडौं । भोली ‘शुक्रवार’देखि प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराँते प्रतियोगिता हुने भएको छ ।
नेपाल सिन क्योकुसिन कराँते संघ, चाल्नाखेल डोजोको आयोजनामा यो प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको हो । प्रतियोगितामा पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जानकारी दिए ।
दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलमा सञ्चालन हुनेछ । सोही दौरान पाँचौ उपत्यकाव्यापी सिन क्योकुसिन कराँते प्रतियोगिता पनि हुनेछ । पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा नै भिडन्त हुनेछ ।
दुवै प्रतियोगितामा गरी १ सय ६० खेलाडी सहभागी हुने प्रमुख गुरुङले जानकारी दिए । दुवै प्रतियोगिताका दौरान रेफ्री सेमिनार र डान परीक्षा पनि जापानका जेबी सुजुतोले सञ्चालन गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया