काठमाडौं । दक्षिण अफ्रिकामा हुने आईसीसी यू–१९ विश्वकपअघि नेपालले वेष्ट इण्डिज र स्कटल्याण्डसँग खेल्ने भएको छ।
नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना हुने विश्वकपअघि आगामी पुस २८ गते स्कटल्यान्डसँग खेल्ने छ दोस्रो वार्मअप खेलमा माघ १६ गते वेष्ट इण्डिजसँग खेल्ने तालिका आईसीसीले सार्वजनिक गरेको हो ।
विश्वकप अघिको एसिया कपमा नेपाल समुह चरणबाटै बाहिरिएको छ।एसिया कपलाई नेपाली युवा टोलीले विश्वकपको तयारीको रुपमा हेरेको थियो।
पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल समुह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग १० विकेटको फराकिलो हार व्यहोरेको थियो।
विश्वकप आगामी माघ ५ देखि २८ गतेसम्म दक्षिण अफ्रिकामा हुनेछ। नेपाल रहेको समूह डीमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। समुह चरणको पहिलो खेलमा नेपालले माघ ७ गते न्युजिल्यान्डसँग खेल्नेछ। १० गते पाकिस्तान र समुह चरणको अन्तिम खेलमा माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ।
समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया