काठमाडौं । शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेशस्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पुस २६ गतेदेखि हुने प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका टिमहरुले सहभागिता जनाउँदै छन् ।सशस्त्र द्वन्द्वको समयमा २०५८ पुस २९ गते तत्कालिन विद्रोही माओवादीले प्रधानको घरमै हत्या गरेका थिए ।
उनको सम्झनामा गृहनगर दोलखाको जिरीमा हुन लागेको प्रतियोगिता पाँच दिनसम्म चल्ने कांग्रेस प्रदेश ‘क’ सभापति शुक्रराज तामाङले जानकारी दिए ।
प्रतियोगिताका विजेताहरुमा पहिलो, दोस्रो र तेस्रो हुनेले शिल्ड, प्रमाणपत्रसँगै नगद क्रमशः २ लाख, एक लाख र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सान्त्वना हुने टिमका लागि नगद ३० हजार छ ।प्रतियोगिता अवधिमा राष्ट्रियस्तरका कलाकारहरुको उपस्थितिमा बृहत् साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया