एजेन्सी । सनराइजर्स हैदरावादले जारी इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा तेस्रो जित हात पारेको छ ।
फिरोज कोट्ला स्टेडियममा बिहीवार राति सम्पन्न भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित ग-र्यो ।
१ सय ३० रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको हैदरावादले १८ दशमलब ३ ओभरमा ५ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-र्यो । हैदरावादको जितमा जोनी बेर्सस्टोले ४८ रन, मोहमद नाबीले अविजित १७ तथा विजय शंकरले १६ रन जोडेका थिए ।
यता दिल्लीका सन्दीप लामिछाने, कागीसो राबडा, अक्षर पटेल, राहुल टेवाटिया र इशान्त शर्माले समान १-१ विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रनको योगफल तयार पारेको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयरले सबैभन्दा धैरे ४३ रन जोडे ।
त्यस्र्तै अक्षर पटेलले अविजित २३ रन, क्रिस मोरिसले १७ रन, शिखर धवनले १२ तथा पृथ्वी शले ११ रन जोडे । हैदरावादका भुवनेश्वर कुमार, मोहमद नाबी सिद्धार्थ कउलले २-२ विकेट लिए । यो जितपछि हैदरावादले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया