च्याम्पियन्स लिगबाटै बाहिरियो म्यानचेस्टर युनाइटेड

लोकपथ
28
Shares

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट आउट भएको छ । समूह एमा जर्मन क्लब बार्यन म्युनिखसँग १–० सँग पराजित भएपछि प्रतियोगिताबाट बाहिर भएको हो ।

समूह चरणका ६ मध्ये १ खेलमा जित र १ मा बराबरी गरेपछि युनाइटेड पुछारमा रहेको थियो । यो समूहबाट बार्यन ६ खेलमा १६ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । युनाइटेडेको घरेलु मैदान वल्डटाफोर्डमा ७० औँ मिनेटमा गोल ब्यहोर्न पुग्यो ।

बार्यनका किंग्सले कोमानले हेरि केनको पासमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । सोही गोल अन्तरले बार्यनले जित निकाल्दा युनाइटेड भने समूह चरणबाटै बिदा भयो ।

यही समूहमा रहेको एफसी कोपन हेगनले पनि अर्को चरणको यात्रा तय गरेको छ । कोपनहेगनले गालातासारेलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै कोपनहेगन ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

कोपनहेगनका लागि ५८ औँ मिनेटमा लुकास लेरगरले गरेको एकमात्र गोल नाै निर्णायक बन्न पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?