चाँडै फुटबलमा फर्किन्छु : रोस

एजेन्सी । टोट्नह्यामका डिफेन्डर टोनी रोसले खेल खेल्न हतार भएको बताएका छन् । 

उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीसँग कुरा गर्दै खेलमा पुनरागम गर्न हतार भएको बताएका हुन् । 

‘म अब धेरै समय पर्खन सक्दिन्, मलाई फुटबलमा चाँडै नै फर्कन मन छ ’, उनले भने । पछिल्लो समय उनी खेल समर्थकहरुले गरेको रंगभेदी व्यवहारबाट निराश समेत छन् । सन् २०२० मा हुने युरो कप फुटबलको छनोट अन्तर्गत मोन्टेनग्रोविरुद्धको खेलका क्रममा उनीमाथि रंगभेदीको आरोप लागेको थियो । 

सन् २०१२ मा सर्वियाविरुद्ध यू-२१ खेल खेल्ने क्रममा पनि उनले रंगभेदीको व्यवहार खेपेका थिए । ‘मैले ५, ६ वर्ष फुटबलबाट टाढा हुनुपर्छ जस्तो छ, अब म लामो समयसम्म पर्खन सक्दिन्’, उनले थपे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?