चांगन डीपल एस ०७ ईभी नेपालमा सार्वजानिक गर्ने तयारी

लोकपथ
49
Shares

काठमाडौं । थाइल्याण्ड इन्टरनेशनल मोटर एक्स्पोमा सबैभन्दा बढी बुकिङ प्राप्त गरी चम्किएको चांगन डीपल एस ०७ ईभी एसयुभीलाई नेपालमा सार्वजानिक गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार चीनको प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड चांगन डीपले २०२३ सालको थाइल्याण्ड अन्तर्राष्ट्रिय मोटर एक्स्पोमा अत्यन्त चर्चित बनेको थियो । ब्रान्डको फ्ल्यागशिप मोडेल एस ०७ ईभी एसयुभीले उक्त शो अवधिभर एकल मोडेलको लागि सबैभन्दा धेरै बुकिङहरू प्राप्त गर्दै थाई इलेक्ट्रिक वाहन बजारमा आफ्नो स्थानलाई बलियो बनाएको हो।

नोभेम्बर ३० देखि डिसेम्बर ११ सम्म आयोजित प्रतिष्ठित ४०औँ थाइल्यान्ड इन्टरनेशनल मोटर एक्स्पोमा एस ०७ ईभी एसयुभी३२ सय भन्दा बढी बुकिंग भएको थियो ।

थाइल्याण्डमा प्राप्त सफलतापछि चांगन डीपलले अब नेपाललाई आफ्नो अर्को लक्षित बजारको रूपमा लिएको छ । नेपालमा चांगनका लागि अधिकारिक वितरक एमएडब्लू वृद्धिले सन् २०२४ को पहिलो त्रैमासिकमा एस ०७ ईभी एसयुभी औपचारिक रूपमा लन्च गर्ने जनाएको छ। चांगन डीपल एस ०७ एसयुभीले सुविधाहरूको प्रभावशाली दायराहरुलाई समेट्छ । यसमा शक्तिशाली इलेक्ट्रिक मोटर, लामो दूरीसम्म टिक्ने ब्याट्री, स्लीक र आधुनिक डिजाइन, उन्नत प्रविधि लगायतका विशेषताहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?