फोन बन्द गरेर कतारबाट भाग्दै हमासका नेताहरु

लोकपथ
28
Shares

दोहा । गाजा क्षेत्रमा इजरायलले आक्रमणलाई तिव्र पारेपछि हमासका नेताहरु कतार छोड्न लागेका छन् ।

कतारमा असुरक्षित महसुस गर्दै पलायन भइरहेका नेताहरु कहाँ जादैछन् भन्ने अझै स्पष्ट नभएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अरबी एक टेलिभिजन च्यानलका अनुसार मंगलबार साँझ धेरै हमास नेताहरूले आफ्नो फोन स्विच अफ गरेको बताएको छ । उनीहररूले सकैको फोन कल रिसिझ नगर्ने तथा कसैको जवाफ नफर्काएको बताइएको छ ।

उनीहरु कतारबाट अज्ञात स्थानमा गएको बताइएको छ ।मंगलवार हमासका वरिष्ठ नेता सालेह अल–अरौरी लेबनानको राजधानी बेरुतमा रहेको आफ्नो घरबाट भागेर उनी टर्की गएको बताइएको छ ।

टर्कीले लामो समयदेखि हमास आतंककारीहरूलाई आश्रय र राहदानी प्रदान गर्दै आएको छ । यस्तो अवस्थामा हमास नेताहरू टर्की, कतार, लेबनान, सिरिया, इरान र युएईको राहदानीमा विदेश यात्रा गर्दै आएका छन् ।

टर्कि र कतारमा हमासको आफ्नै कार्यालयहरू पनि रहेका छन् ।इजरायलले कतारलाई हमाससँग वार्ता जारी रहेसम्म आफ्ना नेतामाथि आक्रमण नगर्ने आश्वासन दिएको थियो ।

तर, वार्ता सकिएपछि इजरायलले आक्रमणका सम्बन्धमा कुनै वाचा गरेको छैन ।अब इजरायल र हमासबीचको वार्ता सकिएको छ । यस्तो अवस्थामा इजरायलले छिट्टै उनीहरूलाई निशाना बनाउँछ कि भन्ने डर हमासलाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?