काठमाडौं । यहि वैशाखदेखि एनसीएल महिला टी–२० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।
नेपालमा पहिलो पटक यो प्रतियोगिता आयोजना हुने भनिएपछि नेपाली महिला खेलाडीहरुका साथै मोरङका स्थानिय बासिन्दा पनि उत्साहित छन् । तर, प्रतियोगिता सञ्चालन हुने भनिएको मोरङको बैजानाथपुर क्रिकेट मैदानको अवस्था भने निक्कै दयनिय छ ।
वि.सं २०७३ सालमा पूर्वाञ्चलमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा यसै मैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो । त्यसपछि अहिलेसम्म यो मैदानको मर्मतसंहार भने भएको छैन । हाल मैदानको स्थिती सुख्खा भएको कारण प्राय सबै ठाँउको भाग फुटेको छ । मैदानको अधिकांश भाथमा दुबौ छैन ।
महिला प्रतियोगितालाई मध्यनजरमा राख्दै मैदानको स्तरउन्नती गर्ने काम जारी छ । यो मैदानमा अहिले दुई वटा पिचको निर्माण हुँदैछ ।
एनसीएल स्पोर्टस् प्रालीका अध्यक्ष जयराज रोयका अनुसार प्रतियोगिता दिनसम्म मैदानकोसबै तयारी हुने बताए ।
‘मैदानकै कारण खेलाडीमा गम्भिर चोट लाग्नसक्ने सम्भावना धेरे हुन्छ, त्यसैले मैदानको रुप फेरिनुका साथै प्रतियोगिता भब्यताका साथ सञ्चालन हुनेछ’, उनले भने ।
आयोजकले मैदानको रुप फेर्दै दाबी गरेपनि त्यसअनुसार काम भने भएको छैन । दर्शकका लागि अस्थायी प्याराफिट बनाइएको तर, खेलाडी बस्ने, ड्रेसिङ रुम, शौचालय, अफिसियल कार्यसम्पादनका लागि बस्ने ठाउँ समेत छैन ।
यसअघि प्रतियोगिता आयोजना गर्ने घोषणा गर्दा मिति चैत १ देखि ९ गतेसम्म तोकिएको थियो ।
तर, विराटनगरमा साफ महिला च्याम्पियनसीप फुटबल भएको र प्राविधिक तयारी नपुगेको भन्दै आयोजकले मिति सारेको थियो । नयाँ मिति अनुसार बैशाख ७ देखि १४ गतेसम्म आयोजना गर्ने भनिएको थियो ।
तर, यो मितिमा पनि प्रतियोगिता नहुने भएको छ । प्रदेश ५ मा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ देखि ११ गतेसम्म आयोजना हुने भएपछि यो प्रतियोगिता पुनः सर्न लागेको हो ।
यो प्रतियोगितामा भैरहवा क्विज, विराटनगर रोरिङ लायोनेस, धनगढी ओन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया