काठमाडौं । जारी ओलम्पिक महिला छनोट फुटबल अन्तर्गत आज नेपालले चिरपरिचित प्रतिद्धन्दी भारतको सामना गर्दैछ ।
म्यानमारमा जारी प्रतियोगितामा नेपालले साफ च्याम्पियनसिपपछि भारतसँग भिड्न लागेको हो । यी दुई टिमबीचको खेल आज साँझ सवा पाँच बजेपछि शुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली म्यानमारसँग पराजित भएको नेपाल भारतलाई हराउने रणनीतिका साथ मैदानमा उत्रदैछ ।
गत बुधवार सम्पन्न भएको पहिलो खेलमा नेपालले म्यानमारसँग ३-१ गोलको हार बेहोरेको थियो । दोस्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाव छ । साथै साफ च्याम्पियनसिपमा बेहोरेको हारको बदला लिने समेत मौका रहेको छ ।
यता भारत भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । भारतले यसअघि पहिलो खेलमा इन्डोनेशियालाई पराजित गरेको थियो । अब नेपालले आफ्नो समूहको अन्तिम खेल यहि मंगलवार इन्डोनेशियासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया