‘यात्रा’का निर्देशकले मागे दर्शकसँग माफी

काठमाडौं । ‘यात्रा’ फिल्मका निर्देशक सम्राट शाक्यले चट्ट रुमालको रिमेकले चर्को आलोचना पाएपछि दर्शकसँग माफी मागेका छन् ।

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहको सुपरहिट गीत ‘चट्ट रुमाल’ को रिमेक यतिवेला नकारात्मक टिकाटिप्पणीको शिकार भाइरहँदा निर्देशक शाक्यले आफू गीत बनाउनमा चुकेको भन्दै माफी मागेका हुन् ।

गीतलाई करिब एक महिनाअघि यूट्युबमार्फत रिलिज गरिएको थियो ।

गीतले दर्शकलाई निराश बनाएपनि फिल्मले नबनाउनेमा उनी ढुक्क छन् । ‘यात्रा’ यही चैत्र २९ गतेबाट प्रदर्शनमा आउँदै छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?