नेपालको लगातार दोस्रो हार, भारतको तेस्रो चरणमा पुग्ने सम्भावना बलियो

काठमाडौं । म्यानमारमा जारी ओलम्पिक महिला फुटबलको  दोस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा नेपाल भारतसंग ३-१ गोल अन्तरले पराजित भयो । मण्डलारथिरी स्टेडियममा भारतलाई जित दिलाइन सन्जु, सन्ध्या र अशलता देवीले एक एक गोल गरिन् । नेपालकी कप्तान निरु थापाले एक गोल फर्काईन् ।

भारतविरुद्ध पहिलो हाफमा १-१ गोलको बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । खेलको छैटौं मिनेटमा सन्जुले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । तर, सातौं मिनेटमा नेपालकी कप्तान निरु थापाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन् । दोस्रो हाफमा भारतले आक्रमक खेल खेल्यो ।

खेलको ६० औं मिनेटमा सन्ध्याले गोल गर्दै भारतको अग्रता लिएको थियो ।  त्यसपछि ७८ औं मिनेटमा कप्तान अशलता देवीले पेनाल्टीमा गोल गर्दा भारत जित्न सफल भएको हो । 

जितसंगै भारतले ओलम्पिक छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना बलियो भएको छ । भारतले २ खेलबाट ६ अंक जोडेको छ  ।

भारतसंग पराजित भएसंगै समूह 'बी' को नेपाल दोस्रो चरणको छनोटबाटै बाहिरिएको छ । नेपालले अब अन्तिम खेल मंगलबार इन्डोनेसियासँग खेल्नेछ ।

एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो । विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?