काठमाडौं । मातृभूमि कप क्रिकेट वर्षाका कारण स्थगित भएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ शनिवार हुने भनिएको यो खेल वर्षाको कारण स्थगित भएको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनका अनुसार रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन आयोजना हुने प्रतियोगिताको नयाँ मिति चाडैं घोषणा गर्ने जनाएको छ ।
मातृभूमि कपमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको कप्तानीमा र उपकप्तान रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा दुई टोलीबीच खेल खेल्ने कार्यक्रम रहेको थियो ।
त्यस्तै कलाकारहरुबीच पनि खेल खेलाइने कार्यक्रम थियो । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कप्तानीमा दुई टिम भिड्ने खेलतालिका थियो । तर, शनिवार परेको वर्षाका कारण दुवै खेल स्थगित गरिएको थियो ।
प्रतियोगिताबाट उठेको रकम फाउण्डेशनले रंगशाला निर्माणमा खर्च गर्नेछ । खेलको टिकट मुल्य ३ सय र १ हजार राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया