प्रिमियर लिगमा सिटीले अंक बाँड्यो

लोकपथ
56
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अन्तिम समयमा गोल खाँदा बराबरीमा चित्त बुझाएको छ ।शनिबार राति भएको खेलमा सिटीले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

सिटीले २ गोलको अग्रता जोगाउन असफल भयो । २४औँ मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै अग्रता दिलाएका थिए । उनले फिल फोडेनको पासमा गोल गरेका हुन् ।

५४औं मिनेटमा रिको लेविसले गोल गरेपछि सिटी २–० को सहज अवस्थामा पुगेको थियो । तर, ७६औँ मिनेटमा क्रिष्टलले पहिलो गोल फर्कायो उसका लागि जिन फिलिपे माटेटाले गोल गरेका थिए ।

दोस्रो हाफको अतिरिक्त पाँचौँ मिनेटमा सिटीका खेलाडीले फल गरेपछि क्रिष्टलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई मिचेल ओलिसेले गोलमा परिणत गर्दै सिटीबाट महत्वपूर्ण १ अंक दिलाए ।

यो नतिजापछि सिटी १७ खेलमा ३४ अंकसहित तालिकाको चौथो स्थानामा छ भने क्रिष्टल १७ खेलबाट १७ अंकसहित १५औँ स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?