एजेन्सी । इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेट अन्तर्गत मुम्बई इण्डियन्स विजयी भएको छ ।
राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा शनिवार राति सम्पन्न भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रनको योगफल तयार पारेको थियो । मुम्बईका लागि किरोन पोलार्डले सर्वाधिक ४६ रन बनाए । उनले २ चौका र ४ छक्काको मद्दतमा २६ बलमा अभिजित ४६ रन बनाएका हुन् ।
त्यस्तै कप्तान रोहित शर्माले १४ बलमा ११ रन, सूर्य कुमारले ८ बलमा ७ रन तथा डिककले १९ रन जोडे ।
जवाफी मैदानमा बयाटिङ गरेको हैदरावादको पारी १७ दशमदब ४ ओभरमा मात्र ९६ रनमा समेटिएको थियो । हैदरावादको लागि दीपक हुड्डाले सबैभन्दा बढी २० रन बनाए । डेभिड वार्नरले १३ बलमा १४ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
मुम्बईका अलजारी जोसेफले ३ दशमलब ४ ओभरमा १२ रन दिएर ६ विकेट लिए । जारी खेलमा म्यान अफ दि म्याच समेत घोषित भएका उनले नयाँ रकेर्ड समेत बनाएका छन् । आईपीएलमा कुनै पनि बलरको यो सर्वश्रेष्ठ प्रदर्शन हो ।
यसअघि यो रेकर्ड सोहेल तनवीरको नाममा थियो । उनले ४ मे सन् २००८ मा चेन्नाई सुपरकिंग्सविरुद्ध ४ ओभरमा १४ रन खर्चिएर ६ विकेट लिएका थिए ।
अलजारीले यहि खेलमार्फत आईपीएलमा डेब्यू समेत गरेका थिए । उनी आईपीएलको डेब्यू म्याचमै पहिलो पटक ६ विकेट लिने खेलाडी पनि बनेका छन् । यसअघि एन्ड्र्यू टायले डेब्यू म्याचमा ५ विकेट लिएका थिए । टायले सन् २०१७ मा १७ रन खर्चिएर ५ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया