एजेन्सी । वायर्न म्युनिख जारी बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा साविक विजेता वायर्नले बोरुसिया डर्टमुन्डलाई ५-० गोलको फराकिलो अन्तरले पराािजत गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
वायर्नको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल तथा माट हुमेल्स, सेर्गी ग्नाब्री र मार्टिनेज अग्युइनागले समान १-१ गोल गरेका थिए । लेवान्डोस्कीले खेलको १७ औँ र ८९ औँ मिनेटमा दुई गरे ।
त्यस्तै हुमेल्सले खेलको १० औँ मिनेटमा, ४१ औँ मिनेटमा मार्टिनेज र ४३ औँ मिनेटमा ग्नाब्रीले समान एक-एक गोल गरेका थिए ।
जितपछि वायर्नले २८ खेलबाट ६४ अंक बनाएको छ । पराजित डर्टमन्डको भने समान खेलबाट ६३ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया