सडक कालोपत्र हुँदै

नवलपरासी  नवलपरासी पूर्व मध्यविन्दु नगरपालिकाको अरुणखोलादेखि दमारसम्मको सडक कालोपत्र हुने भएको छ । 

पूर्वपश्चिम राजमार्गसँग जोडिएको अरुणखोला बजारबाट ग्रामीण क्षेत्रमा जाने यो सडक कालोपत्र हुने भएपछि दमार क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेका छन् । 

ग्रामीण कच्ची सडक प्रदेश सरकारको बजेटमार्फत कालोपत्र गर्ने तयारी गरिएको हो । अरुणखोलादेखि दमारसम्मको नौ किलोमिटर लम्बाइको सडक कालोपत्र गर्ने तयारी गरिएको पूर्वाधार विकास कार्यालय कावासोतीका इञ्जिनीयर शम्भु शाहले जानकारी दिए । प्रदेश सरकारको १८ करोडको लागतमा सडकको स्तोरन्नति गर्न लागिएको शाहले बताए ।

‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअनुसार प्रतिनिधिसभा क्षेत्र नं २ मा यस सडकको स्तोरन्नति गर्न लागिएको इञ्जिनीयर शाहले  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?