काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १४ अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह दुई बजेसम्म बोलकबोलवको माध्यमद्धारा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
बिक्री गरिने कुुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब ३३ करोड रुपैंयाँ बराबरको राष्ट्र बैंकको भनाई छ ।
यि ट्रेजरीरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० माघ दुई गते र २०८१ असार पाँच गते तोकिएका छन् ।
यि ट्रेजरीरीहरु बिलहरु सबै पुरानो नविकरण अन्र्तगतका रहेका छन् । राष्ट्र बैंकका अनुसार गत साता पनि १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया