एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोना विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
तर, दोस्रो हाफमा थप सुधारिएको खेल खेलेको बार्सिलोनाका लागि ८५ औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै क्लबलाई शरुवाती अग्रता दिलाए । लगतै कप्तान लियोनेल मेस्सीले गोल गरे ।
त्यसपछि खेलमा थप गोल भएन र खेल बार्सिलोनाले २-० गोल अन्तरले जित्यो । जितपपछि बार्सिलोनाले तालिकामा ११ अंकको अग्रता लिएको छ । जितपछि बार्सिलोनाले ३१ खेलबाट ७३ अंक बनाएको छ ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा रियल म्याड्रिडले इबोरलाई २-१ गोल अन्तरले हरायो । रियलको जितमा करिम बेन्जामाले दुई गोल गरे । उनले खेलको ५९ औँ र ८१ औँ मिनेटमा दुई गोल गरेका थिए ।
यता इबोरका लागि खेलको ३९ औँ मिनेटमा कार्डोनाले एक मात्र गोल फर्काएका थिए । जितपछि रियलले ६० अंक बनाएको छ ।
शनिवार राति नै भएका अन्य खेलहरुमा इस्पानियोलले गिरोनालाई २-१ गोल अन्तरले तथा रायो भाल्लेकानोले भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित ग¥र्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया