‘मातृभूमि कप’ को नयाँ मिती घोषणा

काठमाडौं ।  ‘मातृभूमि कप’ आउँदो चैत्र ३० गते हुने भएको छ । 

शनिवार हुने भनिएको खेल पानि परेका मौसम खराबीका कारण स्थगित भएको थियो । 

चितवनमा निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले धुर्मुस सुन्तली फाउण्डेशनले 'मातृभूमि कप’ को आयोजना गरेको थियो ।  

चैत्र २३ गतेका लागि भनेर कलाकारले लामो समय रिहर्सल गरेका थिए भने गलबारदेखि पुनः अभ्यास खेल खेल्ने भएका छन् । पहिले नै खरिद गरिएका टिकट लिएर पनि खेल हेर्न पाइने आयोजकले जनाएको छ । प्रतियोगिता हेर्नका लागि रुपैयाँ ३ सयको टिकटको व्यवस्था गरिएको छ ।

टिकट इ–सेवाका माध्यमबाट पनि काट्न सकिने व्यवस्था मिलाइएको छ । 

फाउण्डेशनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुरमा निर्माण हुनेछ । डीपीआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्ने बताइएको छ ।

खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई दिने  फाउन्डेसनले घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?