प्रकाश सपूतको ‘दोहोरी ब्याटल २’ ट्रेन्डिङ एकमा

काठमाडौं ।  गायक प्रकाश सपूतको नयाँ गीत ‘दोहोरी ब्याटल २’ ट्रेन्डिङ एकमा आएको छ ।

यूट्युबमा सार्वजनिक भएको २ दिन नबित्दै ‘दोहोरी ब्याटल २’ ट्रेन्डिङमा आएको हो ।

दोहोरी ब्याटलबाट सफलता पाएपछि उनी ब्याटल–२ लिएर आएका हुन् । शब्द तथा संगीत पनि आफ्नै रहेको गीतमा स्वर प्रकाश स्वयम्को छ । फिमेल भोकलमा उनलाई प्रिती आलेले साथ दिएकी छन् । 

एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसालीको छ ।  मश्वेत रसाइलीले संगीत संयोजन र मिक्सिङ गरेको गीतलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

ब्याटल भिडियोले घरायसी झगडामा सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुग्ने पछिल्लो पुस्तालाई ब्याटलले ब्यङ्ग्य गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?