दाङमा यात्रुबाहक बस दुर्घटना, तीन जना गम्भीर घाइते

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

बुटवलबाट महेन्द्रनगरका लागि छुटेको यात्रुबाहक बस दाङमा दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ३ जखेरा चोक नजिक  लु १ ख ८६३० नम्बर को बस दुर्घटना हुँदा तीनजना यात्रु गम्भीर घाइते भएका हुन् । 

बसको पट्टा भाच्चिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लमही अस्पतालमा अहिले उपचार भैरहेको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?