काठमाडौं । यहि चैत ३० गते काठमाडौंमा पाँचौँ मिस्टर फिटनेस फस्र्ट तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनसिप हुने भएको छ ।
‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ राजधानीमा पाँचौँ मिस्टर फिटनेस फस्र्ट तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप आयोजना गर्न लागिएको हो ।
फिटनेस फस्र्ट क्लबद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा यही चैत ३० गते उक्त च्याम्पियनशिप गरिने आयोजकका अध्यक्ष राजकुमार कुँवरले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगितामा विभिन्न पाँच तौल समूहको समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
हरेक समूहका विजेताले पदकसहित १० हजार तथा उपविजेताले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने खेलाडीले तीन हजार नगद पाउनेछन् । फिटनेस फस्र्ट प्रतियोगिताअन्तर्गत प्रत्येक समूहको विजेता टोलीबीच प्रतिस्पर्धा गराई समग्रमा पहिलो हुनेले मिस्टर फिटनेस फस्र्टको उपाधि दिइनेछ । उपाधि विजेताले ५० हजार पाउनेछन् ।
त्यस्तै मेन्स फिजिकमा १ सय ६५ सेमी मुनि र १ सय ६५ सेमी माथिका फरक फरक स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रत्येक उचाइ समूहका विजेताले १५ हजार तथा उपविजेताले पाँच हजार पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया