काठमाडौं । धितोपत्र बजारमा आज ‘आइतवार’ शेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव १६ विन्दुले बढेर एक हजार १ सय ८२ दशमलव ३६ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४१ विन्दुले बढेर २ सय ५२ दशमलव ९८ विन्दुमा पुगेको छ ।
कूल १ सय ६८ कम्पनीको १८ लाख ८७ हजार ३ सय ७३ कित्ता शेयर५४ करोड ३९ लाख ५५ हजार ६ सय ४२ मूल्यमा खरीद भएका छन् । कारोवार भएका दश उपसमूहमध्ये आइतवार चार उपसमूहको शेयर घटेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । यस्तै उत्पादन उपसमूहको शेयर भने कुनै कारोबार भएन ।
जलविद्युत् २ दशमलव ७५, निर्जीवन बीमा १९ दशमलव २१, उत्पादन ५ दशमलव ८२ र लघुवित्त शुन्य दशमलव ९५ विन्दुले घटेको छ । त्यस्तै बैंकिङ २८ दशमलव १९, होटल १३, विकास बैंक १४ दशमलव ९९, वित्त एक दशमलव ७८ र जीवन बीमा शुन्य दशमलव १२ विन्दुले बढेको छ ।
स्टकका अनुसार कारोवार रकमका आधारमा आइतवार एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ ।
सो बैंकको छ करोड ७१ लाख ८४ हजार २ सय ५८, एनएमबी बैंकको तीन करोड ३१ लाख ७४ हजार ९ सय ३०, सानिमा माइ हाइड्रोपावरको दुई करोड ५५ लाख ८ सय ९३, प्रभु बैंकको दुई करोड २२ लाख सात हजार ९ सय ७३, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको दुई करोड २० लाख ६४ हजार ५ सय ७५, प्राइम बैंकको दुई करोड तीन लाख १० हजार ८ सय १०, नेपाल बैंकको एक करोड ८७ लाख ३५ हजार ६ सय २७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार एनआइसी एशिया बैंकका शेयरधनीले ६ दशमलव ३६, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ६, कुमारी बैंक ४ दशमलव ९८, कन्काइ विकास बैंक ४ दशमलव ९२ र भागर्व विकास बैंक ४ दशमलव ८५ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ दशमलव २५, सिन्धु विकास बैंक सात दशमलव शुन्य चार, सामुदायिक लघुवित्त वित्तीय संस्था पाँच दशमलव शुन्य सात, चौतारी लघुवित्त वित्तीय संस्था चार दशमलव ९५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था तीन दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया